चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले जापानी प्रधानमन्त्री फुकुदा यासोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ यसै महिनाको सात तारिखदेखि नौ तारिखसम्म जापानमा आयोजित हुने आठ मुलुकहरुको समूह र सम्बन्धित मुलुकहरुबीचका नेतागण वीचको वार्ता सम्मेलनमा सहभागी हुनुहुने कुरा बताउनुभयो।
प्रवक्ता लिउ चेन छाउले आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
थाहा भए अनुसार, चीनका नेता उक्त वार्ता सम्मेलनमा सहभागी हुनुहुने यो पाँचौं पटक हो। गत मे महिनामा पनि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले जापानको सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिंदै सन् 2008को वार्ता सम्मेलनले साझा अभिरुचीका अन्तर्राष्ट्रिय समस्याबारे छलफल गर्नसक्ने र महत्वपूर्ण र जरुरी विश्वव्यापी समस्याहरुको सामना गर्नका लागि योगदान दिनसक्ने कुरा बताउनुभएको थियो।
|