|

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज जूलाइ एक तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले केही मुलुकका नेताबाट अप्रत्यस तवरबाट दलाइसित भेटघाट गरेकामा विरोध गर्न जाने छ भनेर बताउनुभएको छ।
प्राप्त समाचार अनुसार फ्रान्सेली राष्ट्रपति नोकोलास सार्कोजीले गत तीस तारिखका दिन फ्रान्सेली टी भीसितको अन्तर्वातामा बोल्दै यदि चीन सरकारले दलाइको प्रतिनिधिहरुसित नयाँ चरणको सम्पर्कमा केही प्रगति हासिल गर्ने हो भने पैचिङ्ग ओलम्पिक खेलकुद समारोहमा सहभागी हुने उहाँको बाधालाई हटाइदिने छ र अगष्ट महिनामा भ्रमण गर्न आउन लागेको दलाइसित भेटघाट गर्नुहुने सम्भावना रहेको छ।
आज जूलाइ एक तारिखका दिन परराष्ट्र मन्त्रालयव्दारा आयोजित नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले श्री सार्कोजीको कुराबारे चीनले कसरी समीक्षा गरेको छ भनेर सोधिएको प्रश्नमा प्रवक्तता लिउले जवाफ दिंदै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता चाहिं एक अर्ब तीस करोडभन्दा बढी चिनियाँहरुको मात्र भव्य समारोह नभईकन समस्त विश्वका विभिन्न मुलुकहरुका जनताको भव्य समारोह नै हो। तिब्बत मामिला चीनको आन्तरिक मामिला हो। चीन सरकारको सम्बन्धित एकाइले दलाइका निजी प्रतिनिधिहरुसित सम्पर्क राख्नु भनेको चीनको आन्तरिक मामिला नै हो। त्यसैले चीनले सम्बन्धित मुलुकहरुव्दारा कुनै अप्रतक्ष तवरबाट दलाइसित भेटघाट गर्ने कुराको विरोध गर्दै आएको छ। तिब्बतसित सम्बन्धी समस्यालाई पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितासित जोड्नेतर्फ विरोध गर्दै आएको छ। ओलम्पिक खेलकुद प्रयोगितालाई राजनैतिकरण गर्नेतर्फ विरोध गर्दै आएको छ र अन्तर्राष्ट्रिय सम्मेलन हुँदाखेरी कुनै तवरबाट तिब्बत समस्याबारे छलफल गर्नेतर्फ विरोध गर्दै आएको छ भन्ने चीनको धारणालाई स्पष्ट पार्नुभयो।
|