चालुवर्षको 6 महिनाको अवधिमा नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या गत वर्षको सोही अवधिकोभन्दा 7 प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डको तथ्या अनुसार सन् 2008 को जनवरीदेखि जुनमहिनासम्म नेपाल घुम्ने चिनियाँ पर्यटकहरुको संख्या सात हजार तीनजना रहेको छ । सन् 2007 को जनवरीदेखि जुन महिनासम्म नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या 6 हजार पाँचसय अठ्चालीस थियो ।
नेपालमा जुलाईपछि पर्यटकीय सिजन सुरु हुन्छ । अहिले काठमाडौँका अधिकांश तारे होटेलहरु विदेशी पर्यटकहरुद्वारा बुकिङ्ग गरिएका छन् । यो वर्षको पर्यटकीय मौसममा विगतमाभन्दा अधिक पर्यटकहरु नेपाल भित्रिने आशा पर्यटन व्यवसायीहरुले गरेका छन् । नेपालमा डिसेम्बरसम्मलाई पर्यटकीय मौसम मानिन्छ ।
पर्वतारोहण, पदयात्रा, जलयात्रा तथा खोजअनुसन्धान गर्नका लागि नेपालमा विदेशी पर्यटकहरु आउने गर्दछन् । त्यसबाहेक खोज अनुसन्धान गर्न, विविध सांस्कृतिक सम्पदाहरुबाट मनोरन्जन लिन तथा विदा मनाउन पनि विदेशी पर्यटकहरु नेपाल घुम्न मन पराउँछन् । नेपालमा चिनियाँ पर्यटकहरु घुम्न दुई वर्षदेखि मात्र घुम्न आउन थालेको नेपाल पर्यटन बोर्डले सि.आर.आई. बताएको छ ।
चीनमा गएको विनासकारी भूकम्प, वाडी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा नेपालको भूमिबाट भइरहेको चीन बिरोधी गतिविधिका कारणले पनि चिनियाँ पर्यटकहरु विगतका महिनाको तुलनामा घटेका छन् । त्यसैगरी आगामी अगष्टमा चीनमा हुने 29औँ ओलम्पिक खेलकूदले गर्दा पनि नेपाल घुम्ने चिनियाँ पर्यटकहरु अपि्रलभन्दा मे महिनामा घटेका थिए भने मे भन्दा जुन महिनामा पनि नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरु घटेका छन् । विगतका महिनाका तुलनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या घटेको भए पनि गतवर्षको छ महिनाको अवधिको तुलनामा यो वर्षको छ महिनामा चिनियाँ पर्यटकको संख्या सात प्रतिशतले वृद्धि भएको हो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|