
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै ओलम्पिक खेलकूदलाई राजनीतिकरण पार्ने कुनै पनि गतिविधिलाई चीनले अस्विकार गर्ने र ओलम्पिक खेलकूद तथा राजनैतिक समस्यालाई जोड्ने अथवा चीनको आन्तरिक मामिलालाई हस्ताक्षेप गर्ने कुनै पनि चेष्टा विफल हुने कुरा व्यक्त गर्नुभएको छ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको कुनै मुलुकले ओलम्पिक खेलकूदका केही कार्यक्रममा भाग लिने र ओलम्पिक खेलकूदलाई राजनैतिक समस्यासँग जोड्ने कामकार्वाहिबारे चीनको अडान के हो भन्ने प्रश्नको जवाफ दिंदै श्री लीउ च्यान छाउले उक्त कुरा भन्नुभएको हो।
|