चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त लिउ च्यान छाउले आज तीन तारिखका दिन पैचिङ्गमा बोल्दै चीन यस पटक ओलम्पिक खेलकुद प्रतियोगिताको घरपट्टी भएकोले परम्परागत नियम अनुसार ओलम्पिक खेलकुद समारोहमा उपस्थित हुन आउनुहुने विदेशी नेताहरुलाई सुविधा प्रदान गर्ने बताउनुभएको छ।
सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले विदेशी नेताहरु ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थित हुनुहुने विषयमा सोधिएको प्रश्नको प्रत्युत्तरमा श्री लिउले अन्तर्राष्ट्रिय ओलम्पिक समितिको निर्णय र परम्परागत नियम अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समितिले निम्तो गरेको हो भनेर बताउनुभएको छ। हामीले त्यस निर्णयको समान गर्दछौं।
|