china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल सरकारले चीनबिरोधी गतिविधिलाई पूर्ण रुपले नियन्त्रण गर्ने विश्वास चिनियाँ दूतावासले लिएको छ
    (GMT+08:00) 2008-07-04 18:46:07    
            नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिविधिमा लागेका तत्वहरु परास्त हुने विश्वास गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्ध सधै अटुट रहने चिनियाँ दूताबासले जनाएको छ । चिनियाँ दूताबासको प्रेस तथा राजनीतिक विभागका प्रमुख वाङ्गले सि.आर.आई.सँग कुरा गर्दै नेपाल सरकारले एक चीनको नीतिलाई दृढताका साथ समर्थन गर्दै आएको र नेपालीहरुले चीनलाई धेरै माया गर्ने भएकाले नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिविधिमा लागेहरुको सपना साकार नहुने बताउनुभयो ।

             केही समय अगाडि नेपाल तिब्बती ऐक्यवद्धता मञ्चका नाममा प्रेसित व्यक्तव्य भ्रामक रहेको र झुटको खेती गरेर चीन र चिनियाँ जनताको आत्मसम्मानमा आँच पुर्याउने काम गरेमा उहाँले भत्सर्ना गर्नुभयो । गत मार्च महिनामा चीनको स्वायत्त प्रदेश तिब्बतमा दलाई गुटले गरेको हिंसा तथा आगजनीबाट भएको क्षतिलाई लुकाउनका लागि दलाई गुट गलत सूचना प्रेसित गर्न लागेको बताउँदै वाङ्गले भन्नुभयो "तिब्बतको ल्हासामा के भएको थियो र चिनियाँ प्रहरीले कति संयमता अपनाएको थियो भन्ने कुरा ल्हासा भ्रमणमा गएका अन्तर्राष्टि्रय पत्रकारहरुले समेत पुष्टि गरिसकेको छन् ।"

              नेपालको भूमि प्रयोग गरेर कथित स्वतन्त्र तिब्बतको नाममा पश्चिमी देशका व्यक्तिहरुले चीनबिरोधी गतिविधि गरिरहेको उहाँले बताउनुभयो । दलाई गुटले आगामी अगष्टमा हुने बेइजिङ्ग ओलम्पिकलाई भाँड्न खोजेको तर उसको सपना कहिल्यै पनि पूरा नहुने पनि उहाँले बताउनुभयो । नेपाली जनता र नेपालले एक चीनको नीतिलाई दृढ समर्थन गर्दै चीन बिरोधी गतिविधिलाई पूर्ण रुपले नियन्त्रण गर्ने कुरामा उहाँले विश्वास लिनुभयो ।

              नेपाली सञ्चार माध्यममा चीनको तिब्बतका बारेमा गलत सूचना सम्प्रेषण गरी नेपाली जनतामा भ्रम सिर्जना गर्नका लागि केही पश्चिमी देशका व्यक्ति, संघसंस्था तथा दलाई गुट सक्रिय रहेको आफूले पाएको पनि उहाँले बताउनुभयो ।

              चेतनाथ आचार्य

              सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040