china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा र सफलताको प्रत्याभूति गर्ने कुरामा चीनको प्रहारी विश्वस्त
    (GMT+08:00) 2008-07-04 18:46:44    
             शांगहाई सहयोग संगठनको क्षेत्रीय आतंकवाद प्रतिरोध परिषदको बाह्रौं बैठक हिजो तीन तारिखका दिन पैचिंगमा आयोजित भयो। उक्त बैठकमा शांगहाई सहयोग संगठनका सदस्य मुलुकहरुले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण र आतंकवाद प्रतिरोधको सहयोगबारे छलफल गरेका छन्। चीनका सार्वजनिक सुरक्षा उप-मन्त्री मङ्ग हुङ्ग वीले भन्नुभयो--पैचिंग ओलम्पिक खेलकुदको मुख्य आतंककारी धम्की पूर्वी टर्कीस्तानका संगठनहरुबाट आएको हो। तर चीन सरकार र चीनको सुरक्षाको संरक्षण विभागहरुले श्रृंखलाबद्ध शक्तिशाली कदमहरु चालेका छन्। चीनले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा र सफलताको प्रत्याभूति गर्ने कुरामा विश्वास गरेको छ।

               शांगहाई सहयोग संगठनको क्षेत्रीय आतंकवाद प्रतिरोध समितिका प्रमुख र विभिन्न सदस्य मुलुकहरुका अधिकारीहरु सोही दिन उक्त बैठकमा सहभागी हुनुभएको थियो। चीनका प्रतिनिधिहरुले पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्यबारे जानकारी दिनुभयो। विभिन्न पक्षले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा सम्बन्धी ठोस कदमहरुबारे संयुक्त रुपमा अनुसन्धान गरेका छन्। उक्त बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै चीनका सार्वजनिक सुरक्षा उप-मन्त्री मङ्ग हुङ्ग वीले भन्नुभयो—चीनले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा परिस्थितिमा पूर्ण विश्वास लिनुका साथै सम्भावित तीन वटा आतंककारी धम्कीको प्रतिरोध गर्दैआएको छ। श्री मङ्गले भन्नुभयो:  

              "हाल आतंककारी धम्की केही क्षेत्रबाट आएको छ। पहिलो कुरा, अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरु र आतंकवादीहरुले आतंकवादी आक्रमण गतिविधि गर्ने सम्वभावना भएको अनुमान गरिएको छ। दोस्रो कुरा, हाल चीनको आतंककारी धम्की पूर्वी तुर्कीस्तानका संगठनहरुबाट आएको हो। तेस्रो कुरा, सम्भावित गम्भीर अपराधिक गतिविधिहरुबाट आउन सक्ने धम्की हो।"

               चीन सरकार र सुरक्षा विभागहरुले सेना, सशस्त्र प्रहरी, सार्वजनिक सुरक्षा लगायतका शक्तिशाली सुरक्षाको निर्देशनालय र सुरक्षित सेनाको गठन गरेका छन्। उक्त सुरक्षित सेनाले श्रृंखलाबद्ध अभ्यास गर्दै आएका छन्। यसका साथै आतंककारी आक्रमणको सामना सम्बन्धी पूर्व योजनाको तर्जुमा पनि गरिसकेका छन्।

                यसका अतिरिक्त, पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण र आतंकवाद प्रतिरोधबारे चीनले व्यापक रुपमा अन्तर्राष्ट्रिय सहयोग पनि गर्दै आएको छ। उक्त शांगहाई सहयोग संगठनको क्षेत्रीय आतंकवाद प्रतिरोध परिषदको विशेष बैठकलाई श्री मङ्ग हुङ्ग वीद्बारा "अन्तर्राष्ट्रिय सहयोगको नमुना"को उपमा दिनुभएको छ। गत वर्षको सेप्टेम्बरमा अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय प्रहरी संगठन, शांगहाई सहयोग संगठन आदि 32 वटा मुलुकहरु र क्षेत्रहरुका प्रतिनिधिहरुले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगबारे संयुक्त धोषणा पत्र प्रकाशित गरी पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा सम्बन्धी गुप्तचर सूचनाको आदान-प्रदानलाई सबल पार्ने, पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण सम्बन्धी आतंकवाद प्रतिरोध क्षेत्रमा सहयोग गर्ने, पैचिंग ओलम्पिक खेलकुदको बेलामा अकस्मात उत्पन्न हुनसक्ने अपराधको संयुक्त रुपमा सामना गर्न निर्णय गरेका थिए।

              उक्त बैठकको अध्यक्ष-मुलुक ताजिकिस्तानका प्रतिनिधि नाजारोव एब्दुल्लोले भन्नुभयो--शांगहाई सहयोग संगठनका सबै सदस्य मुलुकहरुले कमल कसेर पैचिंग ओलम्पि खेलकुदको सुरक्षाको संरक्षण क्षेत्रमा चीनलाई आवश्यक सहायता दिने छ। उहाँले भन्नुभयो:

              "विभिन्न मुलुकहरुका प्रतिनिध मण्डलहरुका प्रमुखहरुले पैचिंग ओलम्पिक खेलकुद एउटा महत्वपूर्ण र ऐतिहासिक अर्थ रहेको अन्तर्राष्ट्रिय गतिविधि हो भन्दै चिनियाँ जनता समेत एशियाका विभिन्न मुलुकहरुका जनताका लागि पनि पैचिंग ओलम्पिक खेलकुद निकै महत्वपूर्ण हो भन्ने ठलर लिनुभएको छ। विभिन्न पक्षको साझा प्रयासमा पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण कार्य राम्रोसँग गरिने छ।

               जुलाई महिना लागेदेखि पैचिंग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षणका लागि खटिएका विभिन्न स्तरका सुरक्षित सेना र विभिन्न संगठनहरुले क्रमशः कार्यको गतिविधिमा प्रवेश गरेका छन्। श्री मङ्ग हुङ्ग वीको भनाइ अनुसार चीनले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षा र सफलताको प्रत्याभूति गर्ने कुरामा विश्वास गरेको छ। श्री मङ्गले भन्नुभयो:

              "चीनको वर्तमान परिस्थिति स्थिर छ र विभिन्न क्षेत्रको परिस्थिति राम्रो छ। यो कुरा चाहीं पैचिंग ओलम्पिक खेलकुद सुरक्षित र सुचारु रुपमा आयोजित हुने प्रत्याभूति गर्ने एउटा आधार हो। यसका साथै हामीले विश्वका विभिन्न मुलुकहरुका जनताबाट समर्थन प्राप्त गर्दै आएका छौं। हामीले पैचिंग ओलम्पिक खेलकुदको सुरक्षित परिस्थितिमा पूर्ण विश्वास लिंदै आएका छौं। हामी पैचिंग ओलम्पिक खेलकुद सुरक्षित र सफल हुनेछ भन्ने कुरामा प्रत्याभूतिका साथ विश्वसित छौं।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040