चीनको सञ्चार मन्त्रालयबाट प्रकाशित तथ्याँक अनुसार, आज जुलाइ चार तारिख मध्यान्ह बाह्र बजेसम्म स छुआन प्रान्तमा गएको विनाशकारी भूकम्पले गर्दा उनान्सत्तरी हजार एक सय छयान्नव्बे जनाको मृत्यु भएको र अठार हजार तीन सय छयासी जना मानिसहरु अझ पनि बेपत्ता भईरहेका छन।
त्यसै गरी आज मध्यान्ह बाह्र बेजसम्म प्रकोपको उद्धार र प्रकोपपछिको पुनःनिर्माणका लागि चीनका विभिन्न स्तरीय सरकारले पचपन्न अर्ब चिनियाँ युनको लगानी लगाएका छन। त्यसमध्ये केन्द्रिय अर्थ विभागले पचास अर्ब चिनियाँ युआन लगाएको छ। चीनले स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट चन्दास्वरुप प्राप्त गरेको रकम तथा उद्धार सामग्रीहरु गरी जम्मा छपन्न अर्ब चिनियाँ युआन प्राप्त गरेको छ। चीनले प्रकोपग्रस्त क्षेत्रलाई बीस अर्ब भन्दा बढी चिनियाँ युआनको रकम र उद्धार सामग्रीहरु छुट्याएको छ।
|