
पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योतिलाई आज चीनको उत्तर-पश्चिमी भागमा पर्ने कानसु प्रान्तको तुनह्वाङ शहरमा घुमाइएको छ।
तुनह्वाङ शहर कानसु प्रान्तमा पवित्र ज्योति घुमाइने स्थानहरुमध्येको पहिलो स्थान हो। तुनह्वाङ शहरमा पवित्र ज्योतिलाई कूल दूरी सात दशमलब छ किलोमिटर घुमाइएको छ भने पवित्र ज्याति घुमाउन आयोजित रिलेमा जम्मा एक सय बीस जनाले भाग लिएका थिए।

थाहा भएअनुसार, तुनह्वाङ शहर कानसु, छिङ्गहाइ तथा सिनच्याङ गरी तीनवटा प्रान्तको सीमा क्षेत्रमा पर्दछ।
भोलि अर्थात् छ तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योतिको रिले कार्यक्रम कानसु प्रान्तको च्या यु कुआनमा आयोजना गरिने भएको छ।

|