 पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम आज बिहान उत्तर-पश्चिमी चीनमा पर्ने च्या यु क्वान शहरमा सफलताका साथ सम्पन्न भएको छ।

च्या युन क्वान शहरमा आयोजित रिले कार्यक्रममा सहभागी दुई सय आठ ज्योतिवहाकले जम्मा 13 दशमलब 8 किलोमिटर दूरीको क्षेत्रमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति घुमाउनुभएको छ।

चीनको प्रसिद्ध लामो पर्खालको पश्चिमी शुरुवात बिन्दु च्या यु क्वान हो। यो प्राचीन रेशमीमार्गमा पर्ने मुख्य शहर पनि हो। च्या यु क्वान शहर हाल एक अत्याधुनिक औद्योगिक शहरमा परिणत भइसकेको देखिन्छ।
|