पैचिंग ओलिम्पिक खेलकुदको जल-क्रिडा प्रतियोगिता चीनको पूर्वी भागमा पर्ने शान् तोंग प्रान्तको छिंग ताउ शहरमा आयोजना हुनेभएको छ । शान् तोंग प्रान्तमा हुने प्रतियोगितामा सहभागी हुन वा पर्यटन गर्न आउँने विश्वका अन्य मुलुकका खेलाडी प्रशिक्षक र सरकारी अधिकारी तथा पर्यटकहरुको स्वास्थ्यलाई प्रत्याभूत पार्नका लागि हाल शान् तोंग प्रान्तले प्रान्तभित्रका प्रत्येक शहरले ओलिम्पिक खेलकुदका लागि एउटा वा दुईवटा निश्चित अस्पताल तोकिनुपर्ने आग्रह गरेको छ । जसबाट ओलिम्पिक खेलकुदको अवधीमा उपचार सेवाको खांचो टार्न सकियोस् ।
ओलिम्पिक खेलकुदको अवसरमा आकस्मिक चोट, श्वास-प्रश्वासको समस्या एवम् मुटुसम्बन्धी सम्भाब्य रोगलाई लक्षित गरी शान् तोंग प्रान्तले विभिन्न अस्पतालमा उच्च गुणस्तरयुक्त चिकित्साकर्मीलाई ड्यूटीमा राख्न पनि आग्रह गरेको छ ।
|