china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न अन्तर्राष्ट्रिय सहयोग तथा आदान-प्रदान सबल भएको सम्बन्धमा पहिलो भाग
    (GMT+08:00) 2008-07-08 09:44:25    

      

        पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन अब एक महिना मात्र बाँकी छ। पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण कार्यलाई सबल पार्न चीनको सार्वजनिक सुरक्षा मन्त्रालय तथा उनान्तीसौं ओलम्पिक खेलकुद संयोजन समितिले हाल पैचिङ्गमा संयुक्त रुपमा पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन। उक्त सम्मेलनमा सहभागी चीनको राज्य परिषदका सदस्य मङ च्यान चुले चीन सरकार तथा सम्बन्धित विभागले विविध सुरक्षा धम्कीको सामना गर्न पूर्णरुपमा तयारी गरेको कुरा बताउनुभयो। यसका साथै उहाँले सुक्षा सम्बन्धी अन्तर्राष्ट्रिय आदान-प्रदान तथा सहयोगलाई चौतर्फीरुपमा सबल पारी ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्ने आशा व्यक्त गर्नुभएको छ।

          अन्तर्राष्ट्रिय प्रहरी संगठन, शाङ्गहाइ सहयोग संगठन, राष्ट्र संघीय क्षेत्रीय अपराध तथा कानून अनुसन्धानालय लगायतका संस्थाका प्रतिनिधि एवम् एक सय बीसवटा मुलुक तथा क्षेत्रका ओलम्पिक कमिटिअन्तर्गत सुरक्षा मामिला अधिकारीहरुले उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको छ। दुइ दिनसम्म चलेको सो सम्मेलनमा उहाँहरुले चीनका सम्बन्धित विभागका प्रतिनिधिहरुले ओलम्पिक खेलकुदको सुरक्षा कार्यको तयारी अवस्थाबारे जानकारी लिनुका साथै उक्त कार्यसम्बन्धी राय-सुझाव प्रस्तुत गर्नुभएको छ।

          चीनको राज्य परियदका सदस्य एवम् सार्वजनिक सुरक्षा मन्त्री मङ च्यान चुले अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयोः

         "बितेका केही वर्षमा अथक प्रयास गरेपछि ओलम्पिक खेलकुदको सुरक्षा कार्यको तयारी कार्य पूरा भएको छ। हामीले सुरक्षासम्बन्धी विविध धम्कीको सामना गर्न यथेष्ट तयारी कार्य गरिसकेका छौं। पैचिङ्ग ओलम्पिक खेलकुद सुचारुरुपमा चल्ने कुरालाई प्रत्याभूत गर्ने विश्वास तथा क्षमता चीन सरकार तथा चिनियाँसँग छ।"

          हालसम्म पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षासम्बन्धी विविध कार्य सुचारुरुपमा चलिरहेका छन। आयोजित भएका तीसवटा भन्दा बढी परिक्षण प्रतियोगिताका क्रममा सुरक्षाको संरक्षण सम्बन्धी व्यक्तिहरुको कार्य-कुशलता, अप्रत्याशित काण्डको संचालनलगायतका कार्यले प्रतियोगितामा सहभागी प्रतिनिधिमण्डल, विदेशी संचार माध्यम तथा चिनियाँ समाजका विविध क्षेत्रबाट पूर्ण स्वीकार गरिएको देखिन्छ।

          चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका उप-मन्त्री लीउ चिङले अन्तर्राष्ट्रिय सम्मेलनमा ओलम्पिक खेलकुदको सुरक्षा कार्यबारे जानकारी दिँदै भन्नुभयोः

         "हरेक रङ्गशाला, ओलम्पिक गाँउ, मुख्यालय, होटेलमा सुरक्षासम्बन्धी चौतर्फी तथा विस्तृत योजना एवम् अप्रत्याशित काण्डको सं‍चालन योजना गरिएको छ जसबाट सामान्य तथा जरुरी अवस्थामा छिटो तथा प्रभावकारीरुपमा विविध काण्डको सचालन गर्नसकिन्छ। प्रतियोगिताका क्रममा रङ्गशाला, ओलम्पिक गाँउ वरिपरि तथा भित्र सुरक्षा शक्ति बन्दोबस्त गरिने र चौबीस घण्टामै गश्ति गरिने व्यवस्था छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040