
आज चीनको भित्री मंगोलियाली जातिय स्वायत्त प्रदेशको राजधानी हु ह हाउ थमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

हु ह हाउ थमा ज्योति रिले कार्यक्रमको कूल लम्बाई छ दशम्लब दुइ किलोमिटर रहेको छ । सो कार्यक्रममा कूल दुइ सय आठजना ज्योतिवाहकहरु सहभागी भएका थिए। ज्योति रिले कार्यक्रमको शुभारम्भ समारोह भित्री मंगोलिया संग्रहालयको जातिय एकता चोकमा आयोजित भएको थियो । पहिलो ज्योतिवाहक चीनका प्रख्यात बास्केटबल खेलाडी पाथल हुनुहुन्थो भने अन्तिम ज्योतिवाहक चीनका प्रख्यात चलचित्र कलाकार श्रीमति स छिंग गाउ वा हुनुहुन्छ ।

हु ह हाउ थमा ज्योति रिले कार्यक्रम सम्पन्न भएपछि भोली भित्री मंगोलियाली जातिय स्वायत्त प्रदेशका अरतोस र पाउ थौमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम हुने भएको छ ।


|