आज दिउंसो चीनको उत्तर भागमा पर्ने भित्री मंगोलियाली जातिय स्वायत्त प्रदेशको पाउ थौ शहरमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सुरु भएको छ ।
दिउँसो दुइ बजेतिर पैचिंग ओलिम्पिक खेलकुदको दिप रिले कार्यक्रम पाउ थौ शहरमा सुरु भएको छ । चीनको राष्ट्रिय माराथुन दौडका च्याम्पियन हु कांग च्युनले आजको रिले कार्यक्रमको पहिलो ज्योतिवाहक हुनुहुन्छ । उन्नाइस सय चौंसट्ठीमा सरकारका बाख्रा बथानको संरक्षण गरेका घांसेचउरका दिदी-बहिनी लोंग मै र यु रुंग संगसंगै अन्तिम ज्योतिवाहक बनेका छन् ।
आज बिहान भित्री मंगोलियाली जातिय स्वायत्त प्रदेशको एर्डोस शहरमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ ।
|