
पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज दिउँसो भित्री मंगोलियाको अर्दोस र पाउ थौ शहरमा सफलतका साथ सम्पन्न भयो।

आज बिहान आठ बजेर पन्ध्र मिनेट जाँदा अर्दोस शहरमा शुरु भएको रिले कार्यक्रममा एक सय चार जना ज्योतिवाहक प्रतिनिधिहरुले लगभग 6.3 किलोमिटरको दूरीमा ज्योति घुमाएका थिए ।

पैचिङ्ग ओलम्पिक खेलदुको ज्योति रिले कार्यक्रमको आयोजना भोलि पनि भित्री मंगोलियाको छ फुंग शहरमा गरिने कार्यक्रम छ।

|