
आज बिहान चीनको भित्री मंगोलियाली जातिय स्वायत्त प्रदेशको छ फंग शहरमा पैचिंग ओलिम्पिक खेलकुदको दीप रिले कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको छ ।

बिहान आठ बजेतिर ओलिम्पिक खेलकुदको दीप रिले कार्यक्रम छ फंग शहरको छ पो अरको रितिरिवाज पार्कमा सुरु भएको हो । रिले कार्यक्रमका पहिलो दीपवाहक छ फंग शहरको पर्यटन विभगका प्रमुख ना र सु हुनुहुन्छ । सो दीप रिले कार्यक्रमको कूल लम्बाई एकचालीस दशम्लब दुइ किलोमिटर रहेको थियो । कूल दुइ सय आठजना दीपवाहकहरुले आजको रिले कार्यक्रममा सहभागी भएका छन् र अन्तिम दीपवाहक छ फंगबाट आउनुभएको चीनका प्रख्यात चलचित्र कलाकार श्री सछिंगगाउवा हुनुहुन्छ ।

आज दिउंसो पैचिंग ओलिम्पिक खेलकुदको दीप, चार्टर विमानव्दारा हेरुंगच्यांग प्रान्तको सदरमुकाम हार्बिनतर्फ प्रस्थान गरेको छ ।

|