
आज बिहान एघार बजेतिर वैज्ञानिक सर्वेक्षण गर्ने चिनियां दल एक सय बाइसजना सदस्यहरु "स्युए लोंग" नामक सर्वेक्षण जहाज चढेर शांगहाईबाट प्रस्थान गरी चीनले तेस्रो पल्ट उत्तरी ध्रुवको वैज्ञानिक सर्वेक्षण कार्य गर्न सुरु गरेको छ ।

यस पल्टको वैज्ञानिक सर्वेक्षणमा उत्तरी ध्रुवको मौसमपरिवर्तनबाट चीनको मौसम परिवर्तनलाई असर पर्ने सर्वेक्षण गर्नुबाहेक उत्तरी महासागरका विशेष जीवजन्तुको स्रोत र जीन स्रोत तथा उत्तरी ध्रुवको वायु प्रदुषण आदि विषयहरु समावेश छन् ।

थाहा भएअनुसार स्वदेशका एक सय दशजना सर्वेक्षण दलका सदस्यहरुबाहेक यस पल्ट सर्वेक्षण कार्यमा अमेरिका , फिन्ल्याण्ड , जापान , दक्षिण कोरिया र फ्रान्स आदि मुलुकका बाह्रजना ध्रुव-अनुसन्धानकर्ताहरु बोलाइएका छन् ।

|