| 
        हाल स छुआन प्रान्तमा आ पा प्रिफेक्चर बाहेक भूकम्पग्रस्त अन्य क्षेत्रको दृश्यथलो र पर्यटन लाईन पर्यटकका लागि पुनः खुला गरिएको छ। दुई महिनाअघि वन छुआन जिल्लामा गएको भिषण भूकम्पबाट प्रभावित भएको स छुआन प्रान्तको पर्यटन पुनर्निर्माणका साथसाथै पुनरुत्थान हुँदै आएको देखिन्छ।
        थाहा भएअनुसार पुनः खुला गरिएका दृश्यथलोको सुरक्षा सम्बन्धित आधिकारिक विभागले जाँचबुझ गरिसकेको छ। जाँचबुझको बिषयमा आधारभूत प्रबन्ध, मार्ग, होटेल तथा वास्तु आदि समावेश छन। 
 |