ओलम्पिक खेलकुदका अवधिमा कृषिजन्य बस्तुको आपूर्तिको प्रत्याभूत गरी अन्तर्राष्ट्रिय समाज, विभिन्न देशबाट आउने खेलाडी र जन साधारणलाई सन्तोष गराउने उद्देश्यले पैचिङ्गले बाहिरबाट पैचिङ्गभित्र ल्याउने कृषिजन्य बस्तुको ढुवानीका लागि हरित मार्ग खडा गर्ने भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी पैचिङ्ग समितिका सचिव एबँ पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लीउ छिले पैचिङ्गमा कृषि बस्तुको सबैभन्दा ठूलो थोक बजार अर्थात सिन फा बजारको निरीक्षण गर्दा उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले कृषि बस्तुको आपूर्तिको प्रत्याभूत गर्नु नै ओलम्पिक खेलकुद राम्रोसँग आयोजना गर्ने आवश्यक शर्त हो भन्नुभयो।
|