रुसको आर. आई. ऐ.—नोभोस्टी न्यूज एजेन्सीले आज "पैचिङ्ग ओलम्पिक र विदेशी सञ्चार माध्यम—सदिच्छा वा मतभेद" भन्ने शीर्षकको लेख प्रकाशित गरी ओलम्पिक खेलकुदका अवधिमा समाचार संकलन गर्न चीन आउने विदेशी पत्रकारसँग चीनमा प्राप्त गरिएको प्रगति र परिवर्तनमा महत्व दिएर "सदिच्छापूर्ण, हार्दिक तथा उचित" मानसिक सिद्धान्तमा ओलम्पिक खेलकुद र चीनबारे जानकारी दिन आव्हान गरेको छ।
सो लेखमा पत्रकारका लागि चीन पहिले यस्तो खुला गरिएको थिएन भन्ने कुरा उल्लेख गरिएको छ।
पैचिङ्ग ओलम्पिक संयोजन समितिका अनुसार ओलम्पिक खेलकुदका अवधिमा समाचार संकलन गर्न चीन आउने विदेशी पत्रकारको संख्या छत्तीस हजार पुग्ने छ।
|