china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको विविध तयारी कार्य पूरा
    (GMT+08:00) 2008-07-14 10:29:53    

             आज प्रकाशित जनदैनिक समाचारपत्रले जनाएअनुसार, सात वर्षसम्म सिर्जनात्मक तथा बलियो जग बसालिए पछि पैचिङ्ग ओलम्पिक खेलकूदको विविध तयारी काम पूरा भएको छ।

             प्राप्त जानकारीअनुसार, सन् 2001 देखि यता पैचिङ्गले वातावरणीय संरक्षण क्षेत्रमा छुट्याएको रकम एक खर्ब चालिस अर्ब चिनियाँ युआन पुगेको छ। हालसम्म पैचिङ्गले दिएको वातावरणसम्बन्धी सात वटा वचन सबै व्यवहारमा उतारिसकेको छ।

            पैचिङ्गमा वर्डनेस्ट, वाटरक्यूब लगायत बाह्र नयाँ रङ्गशाला निर्माण भइसकेका छन् भने एघार रङ्गशालालाई विस्तार गरिएको छ। यसका अतिरिक्त, आठ अस्थायी रङ्गशालाको निर्माण पनि पूरा भएको छ । भूमिगत रेल लगायत सार्वजनिक यातायातको क्षेत्र पनि उपलब्धिमूलक भएको छ।

            पैचिङ्गबाहेक, हङ्गकङ्ग, छिङ्गताउ, शाङ्गहाइ, थेनचिन, शनयाङ तथा छिनह्वाङताउ लगायत छ वटा अन्य शहरहरुमा पनि निर्धारित योजना वमोजिम सम्बन्धित काम पूरा भएको छ।

            हालसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका दुई सय पाँच सदस्य मुलुक तथा क्षेत्रको ओलम्पिक समितिले पैचिङ्ग ओलम्पिक खेलकूदमा भाग लिने कुरा व्यक्त गरिसकेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040