
चीनको वाणिज्य मन्त्रालय तथा चीनस्थित संयुक्त राष्ट्र संघको प्रतिनिधि कार्यालयको संयुक्त तत्वावधानमा भूकम्पछि पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आज पैचिङ्गमा शुरु भएको छ।
दुइदिने उक्त गोष्ठीमा चीनका सहायक वाणिज्य मन्त्री छ्यौ हुँले चीन सरकार तथा चिनियाँ जनताहरुले प्रकोप प्रभावित क्षेत्रको पुनर्निर्माण कार्यमा जिम्मेवारीपूर्वक भाग लिइरहेको कुरा व्यक्त गर्नुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय समाजको सहयोग तथा समर्थनको पनि स्वागत गर्नुभयो।

चीनस्थित संयुक्त राष्ट्र संघका मध्यस्थकर्ता मा हलीले गोष्ठीमा बोल्दै यस पटकको प्रकोपपछिको पुनर्निर्माणसम्बन्धी अनुभवको आदान-प्रदानबाट चीनको पुनर्निर्माणमा सहयोग पुगेको विचार व्यक्त गर्नुभयो।
चीन सरकारका सम्बन्धित विभाग, प्रान्तीय सरकार एवम् राष्ट्र संघका सम्बन्धित संस्थाहरु, चीनस्थित केही मुलुकको राजदूताबास एवम् गैर-सरकारी संगठनका एक सय पचास जना प्रतिनिधिहरुले उक्त गोष्ठीमा भाग लिनुभएको छ।
|