जनदैनिक अखवारका अनुसार, पैचिङग सरकारले हालै एउटा सार्वजनिक सुचनामा जुलाई बीस तारिखदेखि सेप्टेम्बर बीस तारिखसम्म पैचिङगको ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुदको अवधिमा पैचिङगका विविध व्यवसायले विविध समयमा काम शुरु र सम्पन्न गर्ने नीति लागु गर्ने कुरा ओँल्याईएको छ ।
उक्त सुचनाका अनुसार, जुलाई बीस तारिखदेखि सेप्टेम्बर बीस तारिखसम्म ,केही व्यवसायमा कामदारहरुले विहान नौदेखि साँझ पाँचबजेसम्म र केही विश्व बजारका कामदारहरुले विहान दशदेखि काम गर्ने तर सरकारी बिभागहरुको कामको समयमा केही परिवर्तन भएको छैन भनी जनाईएको छ ।
|