china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न अन्तर्राष्ट्रिय सहयोग तथा आदान-प्रदान सबल भएको सम्बन्धमा दोश्रो भाग
    (GMT+08:00) 2008-07-15 09:09:28    

          हालसम्म पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षासम्बन्धी विविध कार्य सुचारुरुपमा चलिरहेका छन। आयोजित भएका तीसवटा भन्दा बढी परिक्षण प्रतियोगिताका क्रममा सुरक्षाको संरक्षण सम्बन्धी व्यक्तिहरुको कार्य-कुशलता, अप्रत्याशित काण्डको संचालनलगायतका कार्यले प्रतियोगितामा सहभागी प्रतिनिधिमण्डल, विदेशी संचार माध्यम तथा चिनियाँ समाजका विविध क्षेत्रबाट पूर्ण स्वीकार गरिएको देखिन्छ।

          चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका उप-मन्त्री लीउ चिङले अन्तर्राष्ट्रिय सम्मेलनमा ओलम्पिक खेलकुदको सुरक्षा कार्यबारे जानकारी दिँदै भन्नुभयोः

         "हरेक रङ्गशाला, ओलम्पिक गाँउ, मुख्यालय, होटेलमा सुरक्षासम्बन्धी चौतर्फी तथा विस्तृत योजना एवम् अप्रत्याशित काण्डको सं‍चालन योजना गरिएको छ जसबाट सामान्य तथा जरुरी अवस्थामा छिटो तथा प्रभावकारीरुपमा विविध काण्डको सचालन गर्नसकिन्छ। प्रतियोगिताका क्रममा रङ्गशाला, ओलम्पिक गाँउ वरिपरि तथा भित्र सुरक्षा शक्ति बन्दोबस्त गरिने र चौबीस घण्टामै गश्ति गरिने व्यवस्था छ।"

          थाहा भएअनुसार, चीन सरकारले ओलम्पिक खेलकुदको सुरक्षाको संरक्षणका लागि प्रशस्त स्वयंसेवकलाई भर्ना गराई उनीहरुलाई ओलम्पिक सम्बन्धी ज्ञान, खतराको प्रतिरोध कार्य, जरुरी अवस्थामा सामना लगायत सम्बन्धित तालिम दिएको छ। प्राप्त तथ्यांक अनुसार, पैचिडमा प्रतियोगिताका लागि सुरक्षाको संरक्षण व्यक्तिको संख्या नव्वे हजार जना भन्दा बढी पुगेको छ।

          विश्वको ध्यान आकर्षित भएको ठूलो अन्तर्राष्ट्रिय खेलकुदको रुपमा ओलम्पिक खेलकुद विविध अन्तर्राष्ट्रिय आतंककारी संगठनले प्रहार गर्ने लक्ष्य बनेको थियो। तयारी कार्यको शुरुवातदेखि पैचिङ्ग ओलम्पिक खेलकुदले आतंकबाद प्रतिरोध कार्यलाई महत्व दिँदैआएको छ। यसबारे जानकारी दिँदै चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका उप-मन्त्री लीउ चिङले भन्नुभयोः

         "हामीले प्रयास गर्दै परम्परागत तथा गैर-परम्परागत सुरक्षा क्षेत्रमा देखापर्ने धम्कीको सक्रियताका साथ सामना गरी आतंकबाद प्रतिरोध विविध शक्तिलाई मिलाएर आतंकबाद प्रतिरोध बहु-तह तथा बहु-क्षेत्रीय निर्देशन चौतारो स्थापित गरेका छौं।"

          ओलम्पिक खेलकुद एउटा अन्तर्राष्ट्रिय कार्यक्रम हो, र यसको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई चीनले सबल पार्दै प्रशस्त काम गरेको छ। उदाहरणका लागि चीनले ओलम्पिक खेलकुदको आयोजना गरेका मुलुकहरुको सुरक्षा संगठनसँगको सहयोगलाई सबल पारेको छ र अन्तर्राष्ट्रिय सुरक्षाको संरक्षण संगठनसँग आदान-प्रदान गरेको छ।

          उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सार्वजनिक सुरक्षा मन्त्री मङ च्यान चुले पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न विश्वका विभिन्न मुलुकको व्यापक सहभागीता तथा घनिष्ठ सहयोग चाहिने कुरामा जोड दिनुभयो। उहाँले विभिन्न मुलुकले चीनका सम्बन्धित विभागसँग गुप्तचर सूचनाको आदान-प्रदान गर्नुका साथै आतंकबाद प्रतिरोध सहयोगलाई सबल पारी ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न संयुक्त प्रयास गर्ने आशा पनि प्रकट गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040