एक साताका लागि चीन भ्रमण आएको नेपाली युवाहरुको प्रतिनिधि मण्डलले आज अपरान्ह चिनियाँ विदेशी मन्त्रालयका उप मन्त्री ह या फेइसँग भेट गरेको छ। भेटघाटका क्रममा उप मन्त्री या फेइले एक चीनको नीतिलाई नेपालले कडाइका साथ लागू गरेकोमा चिनियाँ सरकारको तर्फबाट नेपाल सरकार र नेपालीलाई विशेष धन्यूवाद व्यक्त गर्नुभयो।
आगामी महिना हुनलागेको पैचिंग ओलम्पिक चीनको मात्र नभएर एशियाकै प्रतिष्ठाको विषय भएको बताउँदै दलाई गुटले पैचिंग ओलम्पिकलाई माड्नखोजेको बताउनुभयो। नेपाली प्रतिनिधि मण्डलका नेता नेपाल चाइना फ्रन्शीप युथ एसोसिएसनका अध्यक्ष प्रकाश बाबु पौडेलले चिनियाँ जनता र सरकारले ओलम्पिक तयारी गरेको लगानशीलता र प्रगतिलाई प्रशंसा गर्नुभयो।
आजै नेपाली प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देक आइ पिङसँग दुई पक्षीय छलफल गरेको छ। छलफलका क्रममा महानिर्देशक आइ पिङले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका सबै राजनैतिक पार्टीहरुसँग सुमदुर सम्बन्ध कायम राखेको बताउनुभयो। नेपाल सरकारले ओलम्पिक ज्योतिलाई सगरमाथा चुचुरोमा पुर्याउन तथा काठमाडौंमा भएको चीन विरोधी गतिविधिलाई नियन्त्रण गर्ने प्रभावकारी कदम चालेकोमा हार्दिकता व्यक्त गर्नुभयो। सो अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता पौडेलले चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ क्रान्तिबाट नेपाल र नेपालीहरुले धेरै कुरा सिकेको बताउनुभयो। प्रतिनिधि मण्डलमा सम्मिलित नेकपा माओवादीको भातृ संगठन यङ्ग कम्युनिष्ट लिगका अध्यक्ष गणेशमान पुनले समाजवादी चीनले एकाईसौं शताव्दीमा गरेको आधुनिक विकासले विश्वलाई नै आचर्श्यमा पारेको बताउँदै यसबाट नेपाललाई पनि फाइदा गुगेको बताउनुभयो।
आजै विहान नेपाली प्रतिनिधि मण्डललाई अल चाइना युथ फ्रन्थीपका उपाध्यक्ष लु योङ चेनले आफ्नो कार्यकक्षामा स्वागत्त गर्नुभयो। नेपालबाट पहिलो चोडी चीन आएको प्रतिनिधि मण्डल ऐतिहासिक भएको बताउँदै उपाध्यक्ष लुले नेपालको मुख्य राजनैतिक दलका युवा नेता सम्मिलित प्रतिनिधि मण्डलको चीन भ्रमणले दूरगामी प्रभाव छोड्ने बताउनुभयो। प्रत्युत्तरमा प्रतिनिधि मण्डलका नेता पौडेलले दुई देशबीचका युवा आदानप्रदान बढाउने तथा अनुभव साटासाट गर्ने कार्यको शुरुवात भएकोमा खुशी व्यक्त गर्दे उपाध्यक्ष लुलाई नेपाल भ्रमणको निमन्त्रण दिनुभयो।
प्रतिनिधि मण्डलले हिजो चीनका लागि नेपाली राजदूत टँक कार्की तथा फेडेरसेन्का सह अध्यक्ष नि चेनसँग भेटको थियो। हिजै प्रतिनिधि मण्डलले अध्यक्ष माओ सेतुङ्गका भवगृह तथा ग्रेथ्वालको अवलोकन पनि गरेको थियो। प्रतिनिधि मण्डल आज साँझ पैचिंगबाट नान छाङ्ग प्रस्थान गरेको छ।
|