
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक ब्यूरोका स्थायी सदस्य एवम केन्द्रिय प्रशासकीय कानून परिषदका सचिव चौ योङ्ग खाङ्गले हिजो पैचिङ्ग, ह पै तथा थेन चिनका सार्वजनिक सुरक्षा निकायको निरीक्षणका क्रममा सुरक्षा चौकी पुगेर पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी सुरक्षाको संरक्षण कार्यको निरीक्षण गर्नुभएको छ। सारा देशका जनता र अन्तर्राष्ट्रिय समुदायलाई सन्तुष्ट पार्न र "सुरक्षित ओलम्पिक"भन्ने लक्ष्यलाई साकार तुल्याउनका लागि विभिन्न दायित्वलाई मजबुत पार्न उहाँले सम्बन्धित पक्षहरुसँग आग्रह गर्नुभएको छ।

ओलम्पिक खेलकुदसम्बन्धी सुरक्षाको निरीक्षण कार्यमा ओलम्पिक खेलकुदको सुरक्षालाई सुनिश्चित पार्नुका साथै देशका नर-नारीलाई सुविधा ल्याउनुपर्ने कुरा श्री चौ योङ्ग खाङ्गले औंल्याउनुभएको छ। साथै उहाँले उच्चस्तरीय सेवामार्फत सफलताका साथ पैचिङ्ग ओलम्पिक खेलकुदको आयोजना गर्नका लागि राम्रो सुरक्षा वातावरणको सिर्जना गर्ने अठोट पनि व्यक्त गर्नुभयो।
|