पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आज बिहान चीनको उत्तर-पूर्वी भागमा पर्ने चि लिन प्रान्तको सोङ्ग युआन शहरमा घुमाइएको छ।
ओलम्पिक खेकलुदको ज्योति रिले कार्यक्रम आजै बिहान सात बजेर पन्ध्र मिनेट सोङ्ग युआन शहरको ओलम्पिक पार्कमा शुरु भएको हो। सोङ्ग युआन शहरका पहिलो मेयर लि शु आजैको पहिलो ज्योतिवाहक हुनुहुन्छ। जम्मा एक सय दशजना ज्योतिवाहकले उक्त ज्योति रिले कार्यक्रममा भाग लिएका थिए। ज्योति रिलेको कूल दूरी आठ दशम्बल दुइ पाँच किलोमिटर रहेको छ।
सो ज्योति रिले कार्यक्रममा मान जातिको विशेषतायुक्त नाचगान पनि देखाइएको थियो।
|