पैचिङ्ग ओलम्पिक खेलकूदको अवधिमा वायुको गुणस्तरसम्बन्धी सूचना हिजोदेखि हरेक दिन चिनियाँ तथा अंग्रेजी भाषामा दिइने गरिएको छ। यसका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट तोकिएको प्रदूषण सम्बन्धी मापदण्ड पनि पहिलो पटक सार्वजनिक गर्न थालिएको छ।
हिजोदेखि सर्वसाधारणहरुले पैचिङ्ग नगरपालिका वातावरणीय संरक्षण व्यूरोको आधिकारिक वेभसाइट http://bjepb.gov.cn मा वायुको अवस्थाबारे जानकारी लिन सक्ने कुरा पनि समाचारमा जनाईएको छ ।
|