
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशव्दारा सुडानका नेतालाई अभियोग लगाईकोमा आफूलाई चिन्ता लागेको कुरा व्यक्त गर्नुभएको छ ।
यसै महिनाको चौध तारिखका दिन हल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीश लुइस मोरेनो-ओकाम्फोले सुडानका राष्ट्रपति ओमार अल-बाहिरव्दारा डार्फर क्षेत्रमा युद्ध अपराध गरिएकोले उनलाई पक्राउ गर्ने आदेश दिएको कुरा अदालत सामु व्यक्त गर्नुभएको थियो । प्रवक्त लिउले पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका कुनै सम्बन्धित कदमहरुले सुडानको परिस्थितिलाई स्थिर पार्ने र डार्फर समस्याको समाधान गर्न ताकेता गर्नेतर्फ जोड दिनुभएको छ ।
|