चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै संयुक्त राष्ट्र संघ र अफ्रिकाली संघको सुडानको डार्फर " मिलीजुली गतिविधि"मा सहभागी हुने चीनका सेनाको शाखा टुकडीका एक सय बहत्तर थप जवानहरु सोह्र तारिखका दिन चीनको ह नान प्रान्तको टङ्ग चाउ नगरबाट त्यहाँ प्रस्थान गर्न लागेको कुरा बताउनुभएको छ। अहिलेसम्म त्यहाँ जानु पर्ने सबै तीन सय पन्ध्र चिनियाँ सैनिकहरु पुग्नै लागेको समाचार छ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय समाजसित मिलेर त्यस क्षेत्रको शान्ति, स्थायित्व र विकासको पुनर्स्थापना गर्न निरन्तर रुपमा आफ्नो योगदान दिन चीन इच्छुक रहेको कुरा पनि बताईएको छ ।
|