आज चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त लिउ च्यान छाउले पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन सरकारले सैन्य सामग्री निकासीबारे जहिले पनि जिम्मेवार अडान लिंदै आएको कुरा बताउनुभएको छ।
हाल बेलायतको बी बी सीले चीनव्दारा सुडान सरकारलाई हात-हतियार बिक्री गरिएको भनी चीनमाथि दोषारोपण गरेको बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै उहाँले बी बी सीबाट लगाइएको दोष आधारहीन् भएको कुरा बताउनुभयो ।
साथै चीनले सक्रियतासाथ सुडानको डार्फर समस्याको समाधान गर्न सहयोग गर्ने र संयुक्त साष्ट्र संघको निर्णय प्रस्तावको अक्षरसः पालना गर्दै आएको कुरा पनि जनाएको छ ।
|