बैज्ञानिक विकास अवधारणाको नेतृत्वमा पैचिङ ओलम्पिक खेलकुदका अत्याधिक रंगशालाहरु किफायत उर्जा श्रोतका लागि नमूना बनेका छन।
थाहा भएअनुसार, पैचिङ ओलम्पिक खेलकुदको मुख्य रंगशाला "बर्डस नेस्ट"का लागि आपूर्ति दिइने पानीमध्ये सत्तरी प्रतिशत भन्दा बढी प्रशोधित पानी हो।
यसका साथै राष्ट्रिय पौडी केन्द्र "वाटर क्युब"मा धाराको पानीको खपत तथा फोहोर पानीको निश्कासनलाई घटाउन विशेष कदमहरु चालिएका छन्।
त्यसका अतिरिक्त, पैचिङ ओलम्पिक खेलकुदका कतिपय रंगशालाहरुमा सौर्य उर्जा तथा भूमिगत ताप लगायत अन्य श्रोतको प्रयोग गरिएको छ।
पैचिङ ओलम्पिक संयोजन समितिका सम्बन्धित जिम्मेवार व्यक्तिले ओलम्पिक खेलकुदका रंगशालाहरु संस्कृतिको मूल्यवान् सम्पति बन्नुका साथै किफायत उर्जा श्रोत तथा दिगो विकासका लागि नमूना बनेका कुरा पनि बताउनुभयो।
|