 चि लिन प्रान्तका सुंग युआन शहर तथा चिन लिन शहरमा भएको पैचिङ ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाउने कार्यक्रम आज सफलताका साथ सम्पन्न भयो।
सुंग युआन शहरमा भएको ज्योति घुमाउने कार्यक्रम आज विहान सवा सात बजेदेखि शुरु भयो। एक सय दश जना ज्योतिवाहकहरुले आठ किलोमिटर दुइ सय पचास मिटर लामो ज्योति घुमाउने कार्यक्रममा भाग लिएको जनाईएको छ ।

दिउँसो दुइ बजेतिर पैचिङ ओलम्पिक खेलकुदको ज्योति चि लिन शहरमा घुमाइन शुरु भयो। त्यसको कूल लम्बाई सात किलोमिटर सात सय मिटर थियो।
पैचिङ ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाउने कार्यक्रमको निरन्तरता भोलि चि लिन प्रान्तको येन चि शहरमा हुने कुरा पनि बताईएको छ ।
|