china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली युवा प्रतिनिधि मण्डलले आज चीनको च्याङ्ग सी प्रान्तको नान छाङ्गमा रहेको जन क्रान्ति स्मृति भवनको अवलोकन गरेको छ।
    (GMT+08:00) 2008-07-16 19:10:47    

          हिजो पैचिंगबाट नान छाङ्ग आएको नेपाली युवा प्रतिनिधि मण्डलले आज चीनको प्रसिद्ध अगष्ट एक जन क्रान्ति स्मृति भवनको अवलोकन गर्‍यो। चीनकै एक मात्र जन क्रान्ति संग्रहालयका रुपमा स्थापित सो स्मृति भवनमा सन् 1927 अगष्ट एकमा चिनियाँ जनताले क्रान्ति सुरु गरेको झलकहरुलाई सङ्कलन गरिएको छ।

          चिनियाँ कम्युनिष्ट पा‍र्टी र कोमिङ्गताङ पार्टी मिलेर चिनियाँ महान नेता चौ एन लाईको नेतृत्वमा च्याङ्ग सी प्रान्तमा सन् 1927 अगष्ट एकमा जन क्रान्तिकव सुरुवात भएको थियो। चिनियाँ साम्राज्यवादी र रामन्तवादी राज्यसताले चीनलाई जर्जर बनाइरहेको बेला अध्यक्ष माओजतुङको नेतृत्वमा महान चिनियाँ जन क्रान्तिको थालतिसँगै च्याङ्ग सी प्रान्तमा पनि जन क्रान्ति भएको हो। चिनियाँ जनताले बहादूरीका साथ देशकव लागि लडेको र नयाँ चीन स्थापना गर्न जनताले पुर्‍याएको योगडानलाई सङग्रहालयमा जोवन्त ढङ्गले प्रस्तुत गरिएको छ।

          चिनियाँ जन क्रान्तिका झलक दिने युद्धकला, हातहतिथारको सङ्कलन चिनियाँ कम्युनिष्ट पार्टीको कुशल नेतृत्व तथा महान सहिडहरुको बलिदानलाई दिधुरीय चिग,मूतिकला र सङग्रहित सामग्रीबाट जन क्रान्ति सङग्रहालय भरिभराउ रहेको छ। सङग्रहालयको अवलोकनपछि नेपाल कम्युनिष्ठ पार्टी माओवादीको युवा संगठन वाइसिएलका अध्यक्ष गणेशमान पुनले चिनियाँ जनताको साहसिक इतिहासले विश्वलाई ठूलो शिक्ष दिएको बताउनुभयो। जसरी चिनियाँ जनताले जन क्रान्ति गरेर नयाँ चीन स्थापना गरे त्यसरी नै अहिले विकास नि‍‍र्माणमा लागिरहेको अध्यक्ष पुनले सीआरआईलाई बताउनुभयो।

          आजै विहान नेपाली युवा प्रतिनिधि मण्डलले चेन श छ्याउ सामुदायिक बसोबास क्षेत्र तथा थाङ्ग बंशको भवन अवलोकन भ्रमण गरेको थियो। नेपाली युवा प्रतिनिधि मण्डलको स्वागत्तमा च्याङ्ग सी प्रान्तीय युथ फेडेरेसनका अध्यक्ष कुओ मेइचियनले आज रातिभोज दिनुभएको छ।

          चेतनाथ आचार्य

          सीआरआई

          च्याङ्ग सी नान छाङ्ग, चीन

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040