चीनको महत्वपूर्ण समाचार वेभसाइट cri.cn हाल पैचिङ अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा राखिएको छ। ओलम्पिक खेलकुदको अवधिमा त्यसद्वारा निर्माण गरिने वेभसाइट चौतारोले विश्वका विभिन्न मुलुक तथा क्षेत्रका सञ्चार माध्यमहरुका पत्रकारहरुका लागि त्रिपन्न किसिमका भाषाको वेभसाइटसम्बन्धी सेवा उपलव्ध गराउनेछ।
त्यसका अतिरिक्त, ओलम्पिक खेलकुदसम्बन्धी सि.आर.आइ.अन लाइनको विशेष वेभसाइटले इन्टरनेट, मोबाइल रेडियो तथा टेलिभिजन, गतिशील इन्टरनेट लगायत नयाँ प्रकारका संचार माध्यममार्फत वेभसाइट हेर्नेहरु तथा विश्वका विभिन्न मुलुकहरु र क्षेत्रहरुका खेलाडीहरु बीचको आदान-प्रदानलाई सबल पार्नेछ, जसबाट सि.आर.आइ. अन लाइन ओलम्पिक खेलकुद उपभोग गर्ने एउटा चौतारो हुन सक्ने विश्वास पनि लिईएको छ ।
|