राष्ट्रिय खेलकुद सामग्री निरीक्षण केन्द्रले हाल ओलम्पिक खेलकुदका जिम्नाष्टिक सामग्रीहरुमाथि गरेको सुरक्षा सम्बन्धी निरीक्षण पूरा गरेको छ।
राष्ट्रिय गुणस्तर अनुगमन तथा क्वारेन्टाइन विभागबाट प्राप्त समाचार अनुसार, यस पटकको निरीक्षण कार्यमा जिम्नाष्टिक सामग्रीहरुबाहेक, तीन हजार वर्गमिटरको जिम्नाष्टिक स्थलको निरीक्षण कार्य पनि समावेश छ।
थाहा भए अनुसार, ओलम्पिक खेलकुद प्रतियोगिताको योजनाअनुसार, जिम्नाष्टिक प्रतियोगिता सम्पन्न भएपछि सत्र घण्टासम्म त्यस स्थललाई एउटा हातेबल खेलस्थलको रुपमा परिवर्तन गर्नुपर्ने कुरा पनि समाचारमा जनाईएको छ ।
|