पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिअन्तर्गत स्वयंसेवक विभागका उप-प्रमुख चांग हुंगले आज पैचिङमा बोल्दै पैचिङ ओलम्पिक खेलकुदका स्वयंसेवकहरुको तयारीकार्य पूरा भएको जानकारी दिनुभयो। यस महिनाको प्रारम्भदेखि स्वयंसेवकहरुले अघि पछि गरी आफ्ना काम गर्न थालेका छन्।
आज आयोजित ओलम्पिक खेलकुदका स्वयंसेवा कार्यसम्बन्धी पत्रकार सम्मेलनमा उप-प्रमुख चांग हुंगले उक्त कुरा बताउनुभएको हो।
श्रीमति चांग हुंगका अनुसार, पैचिङ ओलम्पिक खेलकुद तथा पैचिङ पारा ओलम्पिक खेलकुदको अवधिमा एक लाख स्वयंसेवकहरुले प्रतियोगिताका लागि सेवा उपलव्ध गराउने छन्। त्यसका अतिरिक्त, चार लाख शहरी स्वयंसेवकहरुले शहर तथा रंगशालाको छेउमा सूचना, भाषा र जरुरी उद्धार लगायतका सेवा उपलव्ध गराउने छन। सम्पूर्ण स्वयंसेवकहरुले व्यावसायिक तालिम लिनुका साथै अभ्यासमा सम्बन्धित अनुभव पनि प्राप्त गरिसकेका छन्।
|