
पैचिङ्ग ओलम्पिक खेलकूद प्रेस प्रवक्ता को वै मिनले आज बोल्दै विदेशी पत्रकारहरुले चीनमा अन्तर्वार्ता लिन सम्बन्धित नियम वमोजिम अन्तर्वार्ता लिने एकाइहरु तथा व्यक्तिहरुको सहमतिमा विदेशी पत्रकारहरुले अन्तर्वार्ता लिनसक्ने कुरा बताउनुभएको छ।
चीनको राज्य परिषदले सन् 2007को जनवरी एकमा "पैचिङ्ग ओलम्पिक खेलकूद तथा त्यसको तयारी अवधिमा विदेशी पत्रकारहरुले अन्तर्वार्ता लिने सम्बन्धी नियम" लागू गरेको छ। चीनले विभिन्न मुलुकका पत्रकारहरुलाई सूचना सम्बन्धी राम्रो सेवा प्रदान गरी उनीहरुले चीन सम्बन्धी रिपोर्ट गर्न सहयोग गर्ने कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले धेरै पटक व्यक्त गर्नुभएको छ।
|