चीनको च्याङ्ग सी प्रान्तमा पर्ने कम्युनिष्ट युथ सिटी चीनकै एक ऐतिहासिक स्थान हो। कम्युनिष्ट युथ सिटीमा रहेको कम्रेड हु याउ पाङ्गको समाधिस्थलको अवलोकन गर्दा जनतालाई सधैं मुटुमा राख भन्ने उहाँको महान वाणी जो सुकैलाई जन सेवामा उत्प्रेरित गर्छ।
चीन भ्रमणमा रहेको पहिलो नेपाली युवा प्रतिनिधि मण्डलले आज महान चिनियाँ नेता हु याउ पाङ्गको समाधिस्थलमा गई श्रदन्ज्जली अर्पण गर्यो। सन् 1915 सालमा जन्मिनुभएका क. हु. एघार वर्षकै उमेरमा चिनियाँ जन क्रान्तिमा लाग्नुभएको थियो। च्याङ्ग सी प्रान्तबाटै राजनैतिक यात्रा थालनी गरेर यङ्ग पायोनियर टिमको प्रमुख त्यसपछि युथ कम्युनिष्ट लिगको प्रमुख हुँदै उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बन्नुभयो। सन् 1982देखि 1987सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित हुनुभएका क. हु.को सन् 1989 मा 73 वर्षको उमेरमा पैचिंगमा देहान्त भएको थियो। आफ्नो राजनैतिक यात्रा थालनी गरेको र महत्वपूर्ण साथ दिताएकै कारण क. हु.को शवलाई च्याङ्ग सी प्रान्तमा ल्याई समाधिस्थल गरिएको थियो।
चीनमा रहेका दुई हजार दई सय जिल्लामध्ये उहाँले एक हजार सात सय जिल्लाको भ्रमण गर्नुभएको थियो। यङ्ग पायोनियर टिम, युथ कम्युनिष्ट लिग र चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख बन्ने उहाँ एक मात्र चिनियाँ नेता हुनुहुन्छ।
त्यसरी नेपाली युवा प्रतिनिधि मण्डलले आज अपरान्ह च्याङ्ग सी प्रान्तीय विज्ञान तथा प्रविधि सङग्रहालयको अवलोकन भ्रमण गर्यो। अवलोकन पश्चात चिनियाँ वैज्ञानिक आविष्कारलाई आफूहरुले नजिकबाट हेर्ने मौका पाएको प्रतिनिधि मण्डलका सहभागी नवयुवा मासिक पत्रिकाका सम्पादक तुल्सी महर्जनले सीआरआईलाई बताउनुभयो।
|