चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै त्याउ यु टापु तथा त्यस वरिपरिका भागहरु प्राचीन कालदेखि नै चीनको भूभाग रहँदै आएकोले त्यसको सार्वभौमसत्ता चीनसँग भएको अडान दोहोर्उँनुभएको छ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले जापानी पाठ्यपुस्तक तथा त्याउ यु टापुको सार्वभौमसत्तासम्बन्धी प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो। उहाँले त्याउ यु टापुको सार्वभौमिकता सम्बन्धी विषयबारे चीन तथा जापानबीच मतभेद भएकोले वार्तामार्फत यस समस्याको समाधान गर्ने विचार चीनले लिएको कुरा पनि व्यक्त गर्नुभयो।
|