सिंगापुरका विदेश मन्त्री चेओर्चे युङ्ग बून येओको निमन्त्रणामा यसै महिनाको 22 तारिखदेखि 30तारिखसम्म चीनका परराष्ट्र मन्त्री याङ्ग चे चले सिंगापुरमा आयोजना हुने चीन-आशियानका विदेश मन्त्री सम्मेलन, आशियान र चीन, जापान तथा दक्षिण कोरियाबीचको सम्मेलन, पूर्वी एशियाको शिखर सम्मेलन र आशियान क्षेत्रीय मञ्चको विदेशमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुनुहुने छ।
ताजीकिस्तानका विदेश मन्त्री हाम्रोक्होन चारिफीको निमन्त्रणामा श्री याङ्गले ताजीकिस्तानमा आयोजित हुने शाङ्ग हाइ सहयोग संगठनका सदस्य मुलुकका विदेशमन्त्रीस्तरीय सम्मेलनमा भाग लिनुका साथै ताजीकिस्तानको औपचारिक भ्राण गर्नुहुने छ।
अमेरिकाका विदेश मन्त्री कोन्डोलीजा राइसको निमन्त्रणामा परराष्ट्र मन्त्री याङ्गले अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम पनि रहेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज उक्त कुरा बताउनुभएको हो।
|