चिनियाँ परराष्ट्र मन्त्रीका सहायक लिउ चे यी 19 तारिखदेखि अमेरिका, रुस, बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरुसँग जेनेभामा आयोजना हुने इरानको आणविक समस्या सम्बन्धी यूरोपेली संघका उच्च स्तरीय प्रतिनिधि जाभियर सोलाना र इरान राष्ट्रिय सुरक्षा सर्वोच्च समितिका सचिव सायद जालिलि बीचको वार्तामा सहभागी हुनुहुने छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। इरानको आणविक समस्याको शान्तिपूर्ण रुपमा समाधान गर्ने प्रक्रियालाई अघि बढाउँनका लागि सहायक लिउले अन्य प्रतिनिधिहरुसँग सम्बन्धित विषयमा गम्भीर वैचारिक आदान-प्रदान गर्नुहुने छ।
प्राप्त समाचारअनुसार, अमेरिका सरकारले राजनैतिक मामिलाको जिम्मेवार लिने उप-विदेश मन्त्री विलियम बुर्नच पठाउने निर्णय गरेको छ। चीनले अमेरिकाको त्यस निर्णयको स्वागत गरेको कुरा पनि श्री लिउले व्यक्त गर्नुभयो ।
|