ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्गले बजारभाउ अनुगमन गरी बजारलाई स्थिर राख्ने भएको छ । सैद्धान्तिक रुपमा पैचिङ्गमा सरकारद्वारा भाउ मिलाउन नयाँ कदम चालिने भने छैन।
पैचिङ्ग नगरपालिकाले हिजो "ओलम्पिक खेलकुद तथा प्यारा ओलम्पिकको अवधिमा पैचिङ्ग शहरको संचालन योजना"सार्वजनिक गरेको समयमा उक्त कुरा बताईएको थियो ।
उक्त योजना वमोजिम, ओलम्पिकको अवधिमा पैचिङ्ग शहरको विकास तथा बासिन्दाहरुको दैनिक जीवनको आवश्यकतालाई प्रत्याभूति दिनुका साथे ओलम्पिक खेलकूदको विशेष माग पनि पूरा गरिने छ।
|