
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै संयोजक मुलुकको हैसियतले चीनले भारतीय लगायत विभिन्न मुलुकका नेतागणले ओलम्पिक खेलकुदसम्बन्धी कार्यक्रममा भाग लिने कुरामा स्वागत व्यक्त गर्नुभएको छ।
प्राप्त समाचार अनुसार, हालै "इन्डिया टाइम्स"मा चीनले भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलाई मात्रै निमन्त्रणा दिएको जनाइयो। पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता लीउ च्यान छाउले उक्त कुरा भन्नुभएको हो। उहाँले चीनले चीन-भारत रणनीतिक साझेदारी सम्बन्धमा महत्व दिँदै आएको र उक्त समाचार सत्य नभएको तथा दुई देशबीचको सम्बन्धका लागि बाधा भएको कुरा पनि व्यक्त गर्नुभयो।
|