चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज बोल्दै चीनले हस्तीदन्तलाई तस्करी गर्ने गतिविधिलाई निरुत्साह गरिरहेको कुरा बताउनुभएको छ।
हालै केही गैर-सरकारी संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा चीन हस्तीदन्त तस्करीको ठूलो बजार हो भन्ने ठहर गरिएकोमा आज आयोजित पत्रकार सम्मेलनमा सोधिएका सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता लीउ च्यान छाउले उक्त कुरा बताउनुभएको हो।
उहाँले चीन सरकारले श्रृखलाबद्ध ऐन-नियम अंगाल्दै हस्तीदन्त लगायत विविध पशुअङ्ग तस्कर-व्यापारको गतिविधिलाई रोक्दै आएको जानकारी पनि दिनुभएको छ ।
|