 चीनको स्वास्थ्य मन्त्रालय अन्तर्गत अकस्मिक घटना प्रतिरोध कार्यालयका उप प्रमुख ल्याङ्ग तुङ्ग मिनले आज अठार तारिखका दिन पैचिङ्गमा बोल्दै खाद्य पदार्थबाट प्रदूषित भएको अकस्मिक रुपमा उत्पन्न हुने घटनाको निवारणका लागि चीनले व्यवस्था, सम्बन्धित मानिसहरुलाई तालिम, जाँचबुझ र निगरानी एवम अकस्मात उत्पन्न हुने घटनाको सामना गर्ने सम्बन्धी पूर्व-योजनाको तर्जुमा आदि क्षेत्रहरुमा चीनले प्रभावकारी रुपमा पूर्व तयारी गरिसकेको छ भनि बताउनुभएको छ।
उहाँको भनाइ अनुसार ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी एकत्तीस वटा रंगशालामा खटिएका सार्वजनिक स्वास्थ्य कर्मी र विशेषज्ञहरुको संख्या हालसम्म चार सयभन्दा बढी रहेको छ।
त्यसको अतिरिक्त केही रंगशालाहरुको छउछाउमा रहेका ठाउँहरुले पनि अकस्मात उत्पन्न हुन सक्ने सार्वजनिक स्वास्थ्य घटनाहरुको सामना सम्बन्धी अभ्यास गर्दै आएका छन्।
|