अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष जाक्वीस रोगेले हाल फ्रान्सका पत्रकारहरुसँग कुराकानी गर्दै पैचिङ ओलम्पिक खेलकुदका अवधिमा वायुको गुणस्तरप्रति आशावादी धारणा व्यक्त गर्नुभएको छ । यसका साथै उहाँले पछिल्ला दिनहरुदेखि पैचिङले वातावरण सुधारमा चालेका अनेकन कदमहरुको उच्च मूल्यांकन पनि गर्नुभयो।
ए.एफ.पिका अनुसार, श्री रोगेले चीनको सम्बन्धित पक्षले वातावरणीय गुणस्तरमा सुधार गर्न अथक प्रयास गर्दै आएको कुरा बताउनुभयो। जसमध्ये चीनले वातावरणीय संरक्षणसम्बन्धी नयाँ कानुन तर्जुमा गरेको, प्रदुषित तत्व निश्कासन गर्ने कारखानाहरुलाई पैचिङबाट सार्न निर्देशन दिएको, जल प्रशोधित प्रणालीमा सुधार गरेको तथा मोटर-गाडीको संख्यालाई सीमित पारेका कदमहरु समावेश छन्। ती कदमहरुले पैचिङ ओलम्पिक खेलकुदको अवधिमा वायुको गुणस्तरलाई प्रत्याभूति दिनुका साथै पैचिङको वातावरणीय समस्याको स्थायी समाधान गर्नसक्ने छन्।
|