पैचिङ ओलम्पिक खेलकुद शुरु हुन अब बीस दिन मात्र बाँकी छ। यस उपलक्ष्यमा चीनको जनदैनिक समाचार-पत्रले एउटा लेख प्रकाशित गर्दै उनान्तीसौं ओलम्पिक खेलकुद पैचिङको मात्र पर्व नभई विश्वको पर्व हुने कुरा जनाएको छ।
यस लेखका अनुसार, ओलम्पिक खेलकुदले चीनलाई छनौट गरेको छ भने पैचिङले विश्वलाई अंगालेको छ। ओलम्पिक खेलकुदमा विश्वका बीस प्रतिशत जनसंख्या रहेका चिनियाँहरुको सहभागिता ओलम्पिक खेलको "शान्ति, मित्रता तथा प्रगति"को इतिहासमा उज्यालो अध्याय हुनेछ। पैचिङ ओलम्पिक खेलकुदले चीनको कथा सुनाउने अवसर विश्वलाई दिएको छ। पैचिङ ओलम्पिक खेलकुदका अवधारणा, व्यवहार, उद्देश्य तथा उपलव्धि ओलम्पिक खेलको विकासको प्रक्रियामा मूल्यवान् सम्पति हुनेछन् भनी उक्त लेखमा जनाईएको छ ।
|