| 
      चीनको राज्य परिषद्को सूचना कार्यलयले राज्य परिषदअन्तर्गत भूकम्प प्रतिरोध उद्धार कार्यसम्बन्धी प्रधान निर्देशनालयको आदेशानुसार सार्वजनिक गरिएको सूचनामा आज उन्नाईस् तारिखको बाह्र बजेसम्म चीनको स छआनको वन छुआनमा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सन्तान्नब्बे मानिस मरेका छन् भने अठार हजार दुई सय बाइस जना अझै बेपत्ता भइरहेको कुरा उल्लेख गरिएको छ।
       चीनको नागरिक मामिलासम्बन्धी विभागका अनुसार, आज उन्नाइस् तारिख बाह्र बजेसम्म स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट चीनले पाएको चन्दास्वप प्रदान गरिएका रकम र उद्धारसामानहरुको मूल्य अन्ठाउन्न अर्ब नौ करोड तीस् लाख चिनियाँ युआन पुगेको छ। चीनका विभिन्न स्तरका सरकारहरुले भूकम्प उद्धार-कार्यका लागि कुल एकसट्ठी अर्ब आठ करोड चालीस लाख चिनियाँ युआन छुट्याइसकिएको पनि समाचारमा जनाईएको छ ।
 
 |