
पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी दशवटा विशेष बस-लाइन आज औपचारिक रुपमा सञ्चालनमा आएका छन्। अगष्ट महिनाको नौ तारिखदेखि ओलम्पिक खेलकुद्सम्बन्धी अन्य चौबीस् विशेष बस-लाइन पनि सञ्चालनमा आउने भएका छन्। त्यतिबेला पैचिङ्गका सबै ओलम्पिक रङ्गशालाहरु बसद्बारा पुग्न सकिने भएको कुरा पनि समाचारमा जनाईएको छ ।

पैचिङ्ग शहरको सार्वजनिक यातायात संघका सहायक श्री याउ चन फिङ्गका अनुसार, ओलम्पिक खेलकुद्सम्बन्धी सबै विशेष बस-लाइन सञ्चालनमा आएपछि हरेकदिन थप पाँच लाख मानिसको आवत-जावत हुनसक्नेछ।

|